अवर्जनको उत्तरहरु

अवर्जन सँग सम्बन्धित सबै प्रश्नहरूको उत्तर पाउनुहोस्

अवर्जन के हो ?

अवर्जन वस्तुको प्रत्यक्ष बिक्री गर्ने एक कम्पनी हो जसले ई-कमर्स प्लेटफर्मको माध्यमबाट स्वास्थ्य, वेलनेस, जीवनशैली तथा व्यक्तिगत हेरचाह र होम केयर लगायतका उत्पादनहरु उपलब्ध गराउँछ। अवर्जनका उत्पादनहरू स्वास्थ्यकर जीवन बिताउन तथा जीवनशैली र जीविका सुधार गर्नका लागि डिजाईन गरिएको छ | गुणस्तरीय उत्पादनहरू प्रदान गर्नुका साथै, अवर्जन का ग्राहकहरूले यसको उत्पादन र सेवाहरूको प्रचारप्रसार गरेर अवर्जन द्वारा प्रस्ताव गरिएको वस्तुको प्रत्यक्ष बिक्री व्यवसायको फाइदा लिन सक्दछन् |

अवर्जन नेपालमा सन् २०२० मा स्थापना गरीएको हो।

के अवर्जन एक लगानी योजना हो?

अवर्जन एक लगानी योजना होईन | वास्तवमा, यो कुनै पनि प्रकारको योजना नभएर एक वैधानिक वस्तुको प्रत्यक्ष बिक्री गर्ने व्यवसाय हो,जहाँ सामानहरू खरीद गर्नको लागि पैसा तिरे पुग्छ | यदि तपाईं अवर्जनका उत्पादनहरूको वितरक बन्न चाहनुहुन्छ भने, तपाई हाम्रो ई-कमर्स पोर्टल www.avarjana.net. मार्फत वितरकको रूपमा साइन अप गर्न सक्नुहुनेछ।

के मैले पैसा कमाउनको लागि अरू व्यक्तिहरुलाई दर्ता गराउन जरूरी छ ?

तपाईंले कसैलाई दर्ता गराएर यस व्यवसायमा पैसा कमाउन सक्नुहुन्न | पिरामिड योजनाहरू मात्र मानिसहरूलाई दर्ता गर्न केन्द्रित हुन्छन् | त्यस्ता योजनाहरू दिगो हुँदैनन् र अन्ततः पतन हुन्छन् | अवर्जन को व्यवसाय एक दिगो मोडलमा आधारित छ जसले कसैलाई दर्ता गराए मार्फत पैसा कमाउन अनुमति दिदैन |

प्रत्यक्ष बिक्री के हो?

प्रत्यक्ष बिक्री भनेको मार्केटिंग गर्ने प्रक्रिया हो जसमा खुद्रा सामान तथा सेवाहरू उपभोक्ताहरूलाई उनीहरूको घरमा उपलब्ध गराईनेछ जुन उनीहरुको गाह्र तथा स्थायी खुद्रा परिसरभन्दा टाढा रहेको हुन्छ। | यस्तो प्रकारको बिक्री प्रायजसो बोली चाली को माध्यमबाट संचालित हुन्छ। प्रत्यक्ष बिक्री गर्ने कम्पनीहरु मार्फत बेचिने सामानहरु पृथक हुनुका साथै विशेष हुनाले सपिङ मल वा डिपार्टमेन्ट स्टोरहरुमा उपलब्ध हुँदैनन् |

प्रत्यक्ष बिक्री गर्ने उद्योग, सम्बन्धको आधारमा गरिने मार्केटिंगमा रहेर फस्टाएको करिब १५० बर्ष भन्दा लामो इतिहास बोकेको प्रत्यक्ष बिक्री गर्ने उद्योग विशेष रुपमा सम्बन्धको आधारमा रही गरिने व्यबसाय हो। विश्वभरीबाट पार्ट-टाइम र फुल-टाइम गरी करीव १० करोड मानिसहरु यस उद्योगमा संलग्न भएका छन् |

के नेपालमा प्रत्यक्ष बिक्री कानूनी छ?
हो नेपालमा वस्तुको प्रत्यक्ष विक्री सम्बन्धि कानुन छ। सरकारले यो व्यापारलाई समर्थन र नियमन गर्न भर्खरै कानूनहरू पारित गरेको छ ।
म अवर्जनमार्फत कसरी पैसा कमाउन सक्छु?

अवर्जनमार्फत आय आर्जन गर्नको लागि एक मात्र तरीका भनेको सामानहरुको बिक्री हो | तपाईले हाम्रो उत्पादनहरू प्रयोग गरि तिनीहरूको लाभ लिनुभयो र उक्त उत्पादनहरु खरीद गर्न अन्य व्यक्तिहरुलाई पनि प्रोत्साहन गर्नुभयो भने, तपाईले वास्तविक बिक्रीबाट कमिसन कमाउन सक्नुहुनेछ | तपाईले कमाउने कमिसनको भुक्तानी तपाईद्वारा प्रायोजित व्यक्तिद्वारा गरिएको बिक्री मात्रा हेरेर अवर्जन ई-कमर्स पोर्टलमा भएको आम्दानी योजनाले निर्धारण गर्दछ।

म कति समयमा अवर्जनमार्फत आय आर्जन गर्न सक्नेछु ?

अन्य व्यवसायजस्तै प्रत्यक्ष बिक्री भनेको पनि एक प्रकारको व्यवसाय हो | यो कुनै द्रुतगतिमा धनलाभ हुने योजना होइन। यो व्यवसायमा सफल हुनको लागि तपाईले कडा परिश्रम गर्न आवश्यक छ, धैर्यवान र प्रतिबद्ध हुनुका साथै लक्ष्य उन्मुख हुनुपर्दछ | यो व्यवसायले तपाईलाई उद्यमी बन्ने अवसर दिनेछ | यसमा परम्परागत व्यवसायमा जस्तो ठूला-ठूला स्टार्ट-अप लागत र परिचालन खर्चहरुको बारेमा चिन्ता लिनुपर्दैन | तपाईंको सफलता, पूर्ण रुपमा तपाई र तपाईले गर्नुहुने कडा परिश्रममा निर्भर गर्नेछ।