गोपनीयता नीति

कार्यान्वयन मिति – २०७८ साल चैत्र २ गते



अवर्जन डाटा गोपनीयता विवरण

 

अवर्जन तपाईंको गोपनीयताको रक्षा गरी तपाईंलाई शक्तिशाली र सुरक्षित अनलाइन अनुभव प्रदान गर्ने प्रविधिको विकास गर्न सदैव प्रतिबद्ध छ।

यो एक प्राईवेट वेबसाइट हो | यदि तपाईंले यो वेबसाईट ब्राउज मात्र गर्दै हुनुहुन्छ भने,हामीले तपाईंको व्यक्तिगत रूपमा पहिचान गर्ने डाटा क्याप्चर गर्दैनौं |

हामीले तपाईंको व्यक्तिगत विवरण केवल हाम्रो सेवाहरूको प्रभावकारी वितरण वा उत्पादनहरूको वितरणको लागि कायम राख्नेछौँ | यदि विवरण पुरानो भएमा, कृपया हामीलाई नयाँ विवरण दिनुहोला | यदि तपाईं आफ्नो विवरण मेटाउन चाहनुहुन्छ भने, कृपया हामीलाई [email protected] मा अनुरोध गर्नुहोस | अवर्जनले जाति, धर्म वा राजनीतिक सम्बन्ध जस्ता संवेदनशील व्यक्तिगत जानकारीको बारेमा कहिलै पनि तपाईंको स्पष्ट सहमति बिना प्रयोग वा खुलासा गर्दैन |
तपाईंको व्यक्तिगत विवरण सुरक्षित गर्नको लागि, सबै इलेक्ट्रोनिक भण्डारण तथा व्यक्तिगत डाटाको प्रसारण उपयुक्त सुरक्षा प्रविधिहरूको मार्फत सुरक्षित गराइने छन् |

यस साइटले गैर-सरकारी साइटहरूको लिंकहरू समावेश गर्न सक्दछ जसको डाटा संरक्षण र गोपनीयताका अभ्यासहरू हाम्रो भन्दा फरक हुन सक्छन् | हामी यी अन्य वेबसाइटहरूको गोपनीयता सम्बन्धि क्रियाकलापको लागि जिम्मेवार छैनौं र तपाईंलाई ती साइटहरूको गोपनीयता सूचनाहरू परामर्श गर्न प्रोत्साहित पनि गर्दैनौं | अवर्जनबाट तपाईंले लिन्क गर्न चाहनुहुने वेबसाइटहरूको गोपनीयता विवरणको समीक्षा गर्न अवर्जनले प्रोत्साहन गर्दछ जसले गर्दा ति वेबसाइटहरुले कसरी तपाईंको जानकारीको प्रयोग र सार्वजनिक गर्छ भनेर तपाईंले थाहा पाउनु हुनेछ | अवर्जन वेबसाइट आफ्नो बाहेक अन्य वेबसाइटको गोपनीयता विवरण वा अन्य सामग्री को लागी जिम्मेवार छैन |

हाम्रो वेबसाइटले सामाजिक मिडियाका सुविधाहरू जस्तै फेसबुकको ‘लाइक’ बटन र विजेटहरू, ‘सेयर गर्नुहोस्’ बटन वा हाम्रो साइटमा चल्ने अन्तरक्रियात्मक मिनी कार्यक्रमहरु समावेश गर्दछ | यी सुविधाहरूले तपाईंको आई.पी ठेगाना र हाम्रो साइटमा तपाईं कुन पृष्ठमा भ्रमण गर्दै हुनुहुन्छ भन्नेजस्ता जानकारी सङ्कलन गर्ने र ठिकसँग कार्य गर्नको लागि निर्देशिका सेट गर्न सक्दछ | सामाजिक मिडियाका सुविधा र विजेट्सहरू कि त तेस्रो पक्ष द्वारा अथवा हाम्रो वेबसाइटबाट सिधै होस्ट गरिन्छ | यी सुविधाहरूसँग तपाईंको  अन्तरक्रिया कम्पनीको गोपनीयता नीति द्वारा निर्देशित गरिएका हुन्छन् |

व्यक्तिगत विवरणको संकलन:

अवर्जनले तपाईंको ईमेल ठेगाना, नाम, घर वा काम गर्ने स्थानको ठेगाना, टेलिफोन नम्बर र पासवर्ड जस्ता व्यक्तिगत पहिचान योग्य जानकारी सङ्कलन गर्दछ | अवर्जनले तपाईंको लागि प्राथमिकता नभएका तथ्यांकहरू जस्तै हुलाक कोड, उमेर, लिंग, प्राथमिकता र रुचिहरु जस्ता जानकारी पनि सङ्कलन गर्दछ |

हामी तपाईंसंग सम्बन्धित तेस्रो पक्षहरूको नाम, ईमेल, ठेगाना र जन्म मिति जस्ता जानकारी सङ्कलन गर्न सक्नेछौं | हामी अटोमेटिक रूपमा ई- मेल पठाएर तपाईंको मित्रलाई वेबसाइट भ्रमणको लागि आमन्त्रित गर्न पनि सक्दछौं | सो जानकारी सिपिंग (ढुवानी) उद्देश्यको लागि अथवा तपाईले आफ्नो खाताको लागि एक लाभकर्ता मनोनीत गर्नका लागि अनुरोध गरिएको हुन्छ | यदि तपाईंको पति या पत्नि वा परिवारका सदस्यहरूले आफु सम्बन्धित जानकारीहरु हाम्रो वेबसाइटबाट हटाउन चाहनुहुन्छ भने हामीलाई [email protected] मा सम्पर्क गर्न सक्नुहुन्छ |

अवर्जनले तपाईंलाई अवर्जन वेबसाइट संचालन गर्न र तपाईले अनुरोध गर्नु भएका सेवाहरु जस्तै नयाँ ग्राहक, सिपमेन्ट (ढुवानी) को ट्र्याक, अर्डर र भुक्तानी, खाता ब्यालेन्स, लेनदेन गतिविधि र प्रदर्शन, कमिसन र ग्राहक सेवा जस्ता कुराहरु डेलिभर गर्नको लागि तपाईंको व्यक्तिगत जानकारीको संकलन र प्रयोग गर्दछ |

तपाईंको व्यक्तिगत जानकारी को प्रयोग

अवर्जनले तपाईंको व्यवसायिक खाता बनाउन र तपाईंले अनुरोध गरेका सेवाहरू डेलिभर गर्दै साइटबाट व्यक्तिहरूलाई सामान बेच्नको निमित्त तपाईंको व्यक्तिगत जानकारी संकलन र प्रयोग गर्ने गर्दछ | हामीले तपाईंलाई सान्दर्भिक न्यूजलेटरहरू पठाउन, तपाईंको जिज्ञासाको जवाफ दिन, तपाईंलाई आर एसएस फिड, न्यूजलेटर, लेख र अद्यावधिकहरूको सदस्यता दिनको लागि तपाईंको व्यक्तिगत विवरणको प्रयोग गर्न सक्दछौं | अवर्जनले आफ्नो सेवाहरूमध्ये सबैभन्दा लोकप्रिय कुन छ भनेर निर्धारण गर्नको लागि आफ्नो ग्राहकहरुले चलाएका वेबसाइट र पृष्ठहरूको हिसाबकिताब राख्दछ | ग्राहकहरूको कुनै विशेष क्षेत्रमा रुचि भएको देखिएमा अवर्जन भित्र ग्राहकहरूलाई कस्टमाइज गरिएको सामग्री र विज्ञापन वितरण गर्न यो डाटाको प्रयोग गरिन्छ | यदि तपाईं कुनै संचारका प्रकारहरुबाट अप्ट आउट / अन सब्स्क्राइब गर्न चाहनुहुन्छ भने कृपया तलको अनुच्छेद पढ्नुहोस् |

अवर्जनले यसको गोपनीयता नीति भन्दा बाहिर रहेर अन्य तेस्रो पक्षहरूलाई आफ्नो ग्राहकहरुको जानकारी भएको सूचि साझेदारी, बिक्री अथवा सेयर गर्दैन | अवर्जनले समय-समयमा बाह्य व्यापार साझेदारहरूको तर्फबाट तपाईंलाई रूचि हुन सक्ने कुनै विशेष प्रस्तावको बारेमा सम्पर्क गर्न सक्दछ | ती अवस्थाहरूमा, कदापि तपाईंको व्यक्तिगत पहिचान योग्य जानकारी (ईमेल, नाम, ठेगाना, टेलिफोन नम्बर) तेस्रो पक्षलाई हस्तान्तरण हुने छैन | थप रूपमा, अवर्जनले तथ्याङ्क विश्लेषण गरी ग्राहक सेवा  प्रदान गर्न, तपाईंलाई ईमेल वा पोस्टल मेल पठाउन, , भुक्तानी प्रक्रिया गर्न, वा वितरणको व्यवस्था गर्न विश्वसनिय साझेदारहरूसँग डाटा सेयर गर्न सक्दछ | ती सबै तेस्रो पक्षहरूलाई यी सेवाहरू प्रदान गर्न बाहेक तपाईंको व्यक्तिगत जानकारीको प्रयोग गर्नबाट निषेध लगाई तपाईंको जानकारीको गोपनीयता कायम राख्न प्रतिबद्ध गरीएको हुन्छ | यदि तपाईंले ईमेल प्रस्तावहरू, न्यूजलेटरहरू, लेखहरू, वा अद्यावधिकहरू प्राप्त गर्न चाहनुहुन्न भने तपाईंले कुनै पनि समयमा प्रत्येक संचारको तल रहेको रद्द लिंक प्रयोग गरेर वा [email protected] मा हामीलाई ईमेल गरेर अप्ट-आउट गर्न सक्नुहुन्छ |

यदि आवश्यक परेमा वैध सरकारी अनुरोधहरूको पालना गर्न अथवा नेपालको कानूनको पालना कायम गर्न तपाईंको स्वईच्छाले उपलब्ध गराउनुभएको डाटालाई सेयर गर्न सकिनेछ | हामी तपाईंको व्यक्तिगत डाटालाई गैर-सरकारी संस्थाहरूसँग सेयर गर्दैनौं तर यदि त्यस्ता संस्थाहरूलाई विशेष सरकारी सेवाहरू वा जनादेशहरू पूरा गर्नका लागि अनुमति दिइएको छ भने तपाईंको व्यक्तिगत डाटालाई सेयर गरिनेछ | यदि हामीले सरकार बाहिर कुनै डाटा सेयर गर्छौं भने, यो नेपालको कानून संग हाम्रो दायित्व पूरा गर्नको लागि हुनेछ |

 

तपाईंको व्यक्तिगत जानकारी सम्म पहुचं:

अनुरोध गरे बापत, अवर्जनले तपाईंको कुनै पनि व्यक्तिगत जानकारी राखेको छ कि छैन भनेर तपाईंलाई जानकारी प्रदान गर्दछ | यदि तपाईंको व्यक्तिगत जानकारीमा परिवर्तन भएमा, अथवा यदि तपाईंलाई हाम्रो सेवा नचाहिएमा, तपाईंले हामीलाई [email protected] मा सम्पर्क गरेर सम्पूर्ण विवरणहरु ठिक गर्न, मेटाउन वा अद्यावधिक गर्न सक्नुहुन्छ | हामी तपाईंको प्रश्नहरुको ३० दिन भित्रमा प्रतिक्रिया दिनेछौं | केही अवस्थाहरूमा, जस्तै हाम्रो नियामक दायित्वहरूको हस्तक्षेप भएमा, कानुनी मामिलाहरूलाई असर गरेमा, हामीले तपाईंको पहिचान प्रमाणित गर्न नसकेमा वा असंगत लागत अथवा प्रयास समावेश भएमा हामीले तपाईंको अनुरोध पूरा गर्न सक्षम हुनेछैनौं तर हामीले एक उचित समय सीमा भित्र तपाईंको प्रतिक्रियाको एक विवरण प्रदान गर्नेछौं |

हामी तपाईंको जानकारी तबसम्म कायम राख्दछौं जबसम्म तपाईंको खाता सक्रिय रहनेछ वा तपाईंलाई हाम्रो सेवाहरू प्रदान गर्न आवश्यक रहनेछ | यदि तपाईं आफ्नो खाता रद्द गर्न चाहनुहुन्छ वा हामीले तपाईंलाई सेवाहरू प्रदान गर्नको लागि तपाईंको जानकारीको प्रयोग नहोस् भन्ने चाहनुहुन्छ भने हामीलाई माथिको ईमेल ठेगानामा सम्पर्क गर्नुहोस् | हामीले तपाईंको जानकारीको प्रयोग कानूनी दायित्वहरूको पालना गर्न, विवादहरूको समाधान गर्न र हाम्रा सम्झौताहरूमा लागू गर्न आवश्यकता अनुसार प्रयोग गर्दर्छौं |

कुकीजको प्रयोग

अवर्जन वेबसाइटले तपाईंको अनलाईन अनुभव निजीकृत गर्नको लागी कुकीजहरुको प्रयोग गर्दछ | कुकिज भनेको एउटा टेक्स्ट फाईल हो जुन तपाईंको हार्ड डिस्कमा वेबपेज सर्वरले राख्दछ | कुकीजलाई प्रोग्रामहरू चलाउन वा तपाईंको कम्प्युटरमा भाइरस डेलिभर गर्न प्रयोग गर्न सकिँदैन | कुकीजहरु तपाईंलाई युनिक रूपमा तोकिएको हुन्छ र तपाईंलाई कुकीज जारी गरको डोमेनमा भएको वेब सर्वर द्वारा मात्र पढ्न सकिन्छ |

कुकीजको प्राथमिक उद्देश्यहरु मध्ये एक सुविधाजनक विशेषताहरू प्रदान गरेर तपाईंको समय बचत गर्नु हो | कुकीजको उद्देश्य वेब सर्वरलाई तपाईं एक विशेष पृष्ठहरुमा फर्कनुभयो भनेर बताउनु हो | उदाहरण को लागी, यदि तपाईंले अवर्जनको पृष्ठहरु निजीकृत गर्नुभयो अथवा अवर्जनको साइट वा सेवाहरुमा दर्ता गर्नुभयो भने एउटा कुकिजले पछि गएर त्यस साइटमा तपाईंको विशेष जानकारी सम्झना गर्न अवर्जनलाई मद्दत गर्दछ | यसले तपाईंको व्यक्तिगत जानकारी जस्तै बिलिङ गर्ने ठेगाना, सिपिंग (ढुवानी)को ठेगाना आदिको रेकर्ड गर्ने प्रक्रियालाई सजिलो बनाउँदछ | जब तपाईं अवर्जन वेबसाइटमा फर्कनुहुन्छ, तपाईंले पहिले प्रदान गर्नुभएको जानकारी पुन: प्राप्त गर्न सक्नुहुनेछ, ताकि तपाईंले अंकित गरेका अवर्जनका सुविधाहरू सजिलैसँग प्रयोग गर्न सक्नुहुनेछ।

तपाईंसँग कुकीजहरूलाई स्वीकार वा अस्वीकार गर्ने क्षमता छ | धेरै जस्तो वेब ब्राउजरहरूले स्वचालित रूपमा कुकीजहरूलाई स्वीकार गर्दछन् तर तपाईंले चाहेमा आफ्नो ब्राउजरको सेटिङलाई परिमार्जन गरेर कुकीजलाई अस्वीकार गर्न सक्नुहुन्छ | यदि तपाईंले कुकीज अस्वीकार गर्न छनौट गर्नुहुन्छ भने, तपाईंले पूर्ण रूपले अवर्जनको सेवाहरू वा तपाईंले भिजिट गर्ने वेबसाइटहरूको अन्तरक्रियात्मक सुविधाहरूको अनुभव लिन पाउनुहुने छैन।

तेस्रो-पक्षसंग सम्बन्धित कुकीजहरूको प्रयोग हाम्रो गोपनीयता विवरणमा पर्दैन |

ट्रयाकिङ्ग टेक्नोलोजी/प्रविधिहरु

अवर्जन र यसका साझेदारहरूले कुकीजहरू वा समान प्रविधिहरूको प्रयोगमार्फत ट्रेन्ड हरुको विश्लेषण गर्ने, वेबसाइट प्रशाशनिक कार्य गर्ने, वेबसाइटमा प्रयोगकर्ताहरूको गतिविधि ट्र्याक गर्ने र समग्रमा हाम्रो प्रयोगकर्ताहरुको बारेमा जनसांख्यिकीय जानकारी समेट्ने जस्ता कार्यहरु गर्छन् | तपाईंले व्यक्तिगत ब्राउजर स्तरमा कुकीजको प्रयोग नियन्त्रण गर्न सक्नुहुनेछ तर यदि तपाईंले कुकीजलाई असक्षम पार्ने विकल्प रोज्नुभयो भने यसले हाम्रो वेबसाइट वा सेवामा तपाईंको लागि केहि सुविधाहरूको प्रयोगलाई सीमित गर्न सक्दछ |

यस विवरणको परिवर्तनहरू

हामीले समय समयमा यस गोपनीयता विवरणको अपडेट गर्न सक्छौं र त्यो हाम्रो अभिलेख राख्ने क्रियाकलापहरुको लागि हुनेछ | यदि हामीले कुनै भौतिक परिवर्तनहरू गरेमा, हामीले तपाईंलाई ईमेलमार्फत सूचित गर्नेछौं (उक्त सूचना तपाईंको खातामा दर्ता गरिएको ईमेल ठेगानामा पठाइने छ) अथवा परिवर्तन सुनिश्चित हुनुभन्दा अघि अवर्जन वेबसाइटको माध्यमबाट सूचना गराइने छ | हाम्रो गोपनीयता अभ्यासहरूको बारेमा नयाँ जानकारीको लागि समय-समयमा यस पृष्ठमा गई अवलोकन गर्न अनुरोध गर्दछौं |