सामाजिक मिडिया नीति

 

वितरकलाई ब्लग, फेसबुक, यूट्यूब, लिंक्डइन, इन्स्टाग्राम, ट्वीटर, टिकटक, इत्यादि जस्ता सामाजिक मिडिया प्लेटफर्महरूमा उनीहरूको व्यवसायसम्बन्धि छलफल तथा प्रचार गर्न अनुमति दिईने छ | उक्त क्रियाकलापहरुका निमित्त कम्पनीद्वारा निर्दिस्ट नीतिनियमहरु निम्न रहन्छन | कुनै विशेष साइटमा स्पष्ट रिफरेन्स (सन्दर्भ)को अनुपस्थिति वा अभावले यस नीतिको प्रयोगको दायरालाई असर पार्दैन | यदी कुनै नीति वा मार्गनिर्देशन नभएको खण्डमा, वितरकहरूले उनीहरूको व्यावसायिक निर्णय गरी सकेसम्म विवेकपूर्ण कार्य गर्नुपर्दछ |

 १.  व्यक्तिगत ब्लगहरू, वेबसाइटहरू र सामाजिक मिडियाका प्रोफाइलहरूमा व्यक्ति/वितरकले व्यक्त गरेको विचार को जिम्मा व्यक्ति/वितरक एक्लैले लिनुपर्नेछ र उक्त पक्षमा कम्पनीको विचारको प्रतिनिधित्व हुदैन भन्ने व्यहोरा स्पष्ट रुपले गरेको हुनुपर्दछ |

उदाहरण को लागि – “व्यक्त विचार र पदहरू मेरो आफ्नै हो र अवर्जनले ती विचार र पदहरूको प्रतिनिधित्व गर्दैन।”

२.  तपाईंले आफूलाई सहि तरिकाले प्रतिनिधित्व गर्नुपर्दछ र कम्पनीसँग वितरकको रूपमा तपाईंको सम्बन्ध कस्तो रहेको छ भनेर स्पष्टसँग खुलाउनु पर्दछ | कर्मचारी, एजेन्ट वा अन्य रुपमा अन्य कुनै पनि प्रकारको दाबी गर्न पाईने छैन |

३. तपाईंले कम्पनीको ट्रेडमार्क वा ब्रान्ड अन्य कुनै पनि प्रयोगकर्ता को रुपमा वा कुनै पनि सामाजिक मिडिया प्लेटफर्ममा प्रयोग गर्न पाउनुहुने छैन | यसमा युटुब, इन्स्टाग्राम, ट्विटर, फेसबुक, र लिंक्डइन जस्ता सामाजिक मिडिया प्लेटफर्ममा मात्रै सीमित नभएर अरुमा पनि लागू हुनेछ |

४. तपाईंले ब्लगहरु, वेबसाइटहरु र सामाजिक मीडिया प्रोफाइलहरुमा प्रकाशित गर्नुभएको जानकारीहरुले अवर्जनको नीति र प्रक्रियाहरुको पालना गरेको हुनु पर्दछ | (नीति र प्रक्रियाहरूको धारा ११.०३, ११.०४ र ११.०५ मा हेर्नुहोस्)। साथै यो कुरा अन्य ब्लगहरु, फोरमहरु, र सामाजिक संजाल अन्तर्गतका साइटहरु मा पोस्ट गरिएको टिप्पणीहरु मा समेत लागू हुन्छ।

५. वितरकहरूले अवर्जन र यससँग सम्बन्धित कुनै पनि इन्टरनेट डोमेन नाम वा ईमेल ठेगानाको लागि कम्पनीको व्यापार नाम, ट्रेडमार्क, सेवा नाम, सेवा चिन्ह, उत्पादन नाम, प्रयोग, दर्ता गर्न या बेच्न पाउने छैन | (नीति र प्रक्रियाहरू १०.०३ हेर्नुहोस् )

६. आफूलाई एक वितरकको रूपमा पहिचान गराएरपश्चात, तपाईको परीचय कम्पनीको ब्रान्ड छवि र मूल्यतासंग जोडिन जान्छ | तपाईंको अनलाइन गतिविधिले कम्पनी र यसका उत्पादनहरू र सेवाहरू माथि हुने अरुको धारणामा निर्धारण गर्दछ | तपाईंको अनलाइन गतिविधि द्वारा कैद भएका फोटोहरू, पोष्टहरू, वा टिप्पणीहरूले कम्पनीलाई दर्शाउने हुँदा तपाईं अनलाइन गतिविधि माथि सचेत हुन जरुरी छ | कुनै पनि सामग्री अनलाइन पोष्ट गर्नका लागि निम्न दिशानिर्देशहरू पालन गर्नुपर्दछ:

  • तपाईंले कम्पनीको आधिकारिक वेबसाइटमा फेला पारिएको जानकारी (टेक्स्ट) को मात्र प्रयोग गर्नुपर्दछ |
  • तपाईंले आफ्नो वेबसाइटमा वा सामाजिक संजाल प्रोफाइलमा राख्ने जानकारी कम्पनी बाहेक अन्य कुनै पनि स्रोतबाट लिईएको हुनुहुँदैन |
  • सबै सामग्रीको स्पेलिङ चेक गर्नु पर्दछ |
  • सबै भ्रामक गतिविधिहरू, जानकारी र रणनीतिक कुराहरु निषेध गरिएको छ।
  • प्रतिलिपि अधिकारसम्बन्धि कानूनको सम्मान गर्नुको साथै सन्दर्भ वा उचित स्रोतहरू उल्लेख गर्नुपर्दछ |
  • कुनैपनि अपमानजनक भाषाको प्रयोग गर्न पाईने छैन।
  • कुनै पनि रुपमा व्यक्तिगत आक्रमण गर्न पाईने छैन।

७. अवर्जन र / वा यसको उत्पादनहरुको सम्बन्धमा कुनै टिप्पणी गर्दा आफु र अवर्जनको सम्बन्धको बारेमा स्पष्ट हुनुपर्दछ वा आफूलाई अवर्जनको वितरक भनेर चिनाउनुपर्दछ।

८. अनलाइन प्रशंसापत्र प्रदान गर्ने वितरक सधैं सत्य र निष्ठावान हुनुपर्दछ साथै प्रदान गरिएको प्रशंसापत्र विशिष्ट परिणामको आधारमा भएको हुनुपर्दछ |

उदाहरण को लागि “मैले अवर्जनमा आबद्ध भएर एक महिनामा रु २,९५०,०० कमाए र तपाईंले पनि कमाउन सक्नुहुन्छ” | यस्तो बयान सत्य भएतापनि, यसको परिणामलाई “सामान्य” मानिदैन | अतः यस्ता बयानहरूले हालको दिशानिर्देशहरूको उल्लंघन गर्दछन् | आयको बारेमा छलफल गर्नुपर्दा तपाईंले नीति र कार्यविधिको धारा ११.०२ लाई सम्झनुपर्दछ |

९. शुल्क लिएर गरिने फेसबुक एड (विज्ञापन) जस्ता विज्ञापनका लागि कम्पनीको लोगो वा ट्रेडमार्कको प्रयोग गर्न पाईने छैन | सबै लिंकहरू कम्पनीको आधिकारिक साइटमा नभएर वितरकको व्यक्तिगत वेबसाइटमा निर्देशित हुनुपर्दछ |

१०. यदि तपाईंलाई कम्पनी प्रति केही गुनासो छ भने, [email protected] वा अवर्जन ग्राहक सेवा केन्द्र मार्फत समस्या समाधानका लागि सम्पर्क राख्नुहोस् | आफ्नो गुनासो व्यक्त गर्न अन्य सामाजिक मिडियाको सार्वजनिक प्रयोग नगर्नुहोस् किनकि उक्त मिडियाबाट कम्पनीले तपाईंको गुनासो सम्बोधन गर्न सक्दैन | तपाईंले गरेको गुनासोको बारेमा थाहा पाउने व्यक्तिहरूले तपाईंको गुनासो कहिले सुल्झियो भनेर थाहा पाँउदैनन् जसले गर्दा उनीहरूको मानसपटलमा नकारात्मक भावाना रहन सक्दछ जसलाई कहिलै निराकरण गर्न सकिदैन |