अवर्जन सम्बन्धि जानकारी

  हामी को हौं ? 

अवर्जन एक ई-कमर्स को रुपमा रहेको वस्तुको प्रत्यक्ष बिक्री गर्ने कम्पनी हो जसले ग्राहकहरूलाई विशेष उच्च-गुणस्तरका उत्पादनहरू प्रदान गर्नुका साथै उनीहरूलाई यी उत्पादनहरूको प्रबर्धन गरेर बिक्री व्यवसाय निर्माण गर्ने अवसर प्रदान गर्दछ |

संस्कृत शब्द (अवर्जन) बाट व्युत्पन्न भएको शब्द जसको अर्थ “पराजय” हो | हामी मानिसहरूलाई उच्च गुणस्तरीय तथा, विश्व-स्तरीय उत्पादनहरूमार्फत एक युनिक व्यवसाय अवसरको माध्यमबाट आफ्नो जीवनको महत्वपूर्ण जिम्मेवरी लिन सहयोग पुर्याउने कुरामा समर्पित छौं |

सन् २०१८ मा नेपालमा स्थापित अवर्जनले आफ्नो उत्पादनहरू मार्फत आफ्नो ग्राहकहरूको दैनिक जीवनको मूल्यता बढाउने कुरामा विश्वास राख्दछ | साथै, हामी हाम्रा ग्राहकहरूलाई उनीहरूको भित्री उद्यमशिलातालाई उजागर गरी उनीहरूको उत्कृष्ट जीवनयापनका निमित्त विशिष्ट उत्पादनहरुमार्फत सहि व्यवसायको निर्माण गरेर उनीहरुको मालिक अवसर प्रदान गर्दछौं साथै उनीहरूलाई कडा परिश्रम र वफादारीको उचित मुल्यांकन समेत गरीनेछ |

हाम्रा मुख्य मूल्यताहरु  

अवर्जनका मुख्य मूल्यताहरू यी चार स्तम्भहरुमा आधारित छन्

निष्ठा

सबै भन्दा माथि सत्य। सबै मा सत्य। विचार, वचन र कार्यमा निष्ठा |

दिगोपना

हामी नयाँ पुस्ताका लागि पूर्ण रुपमा समर्पित छौं | हामीले हाम्रो वातावरणलाई संरक्षण, संभार तथा पुनरुत्थान गर्नुपर्दछ |

सेवा

हामी नेतृत्वको लागि सेवा र सेवाको लागि नेतृत्व गर्छौ। सबैको लागि सेवा नै हाम्रो विश्वास हो |

नेतृत्व

नेतृत्वको लागि प्रेरित तथा प्रेरित हुनको लागि नेतृत्व गर्नुहोस्। हामी उद्यमशीलताको जोशलाई स्वतन्त्रता, समावेशीता र नवप्रवर्तनको मार्गको रूपमा विकास गर्छौं।

अवर्जन सम्बन्धी जानकारी

अवर्जनसंग सम्बन्धित सबै प्रश्नहरूको उत्तर पाउनुहोस्
अवर्जन के हो ?
अवर्जन वस्तुको प्रत्यक्ष बिक्री गर्ने एक कम्पनी हो जसले ई-कमर्स प्लेटफर्मको माध्यमबाट स्वास्थ्य, कल्याण, जीवनशैली र शिक्षामा संग सम्बन्धित उत्पादनहरु को विस्तृत प्रस्तावहरु दिन्छ | अवर्जनका उत्पादनहरू स्वास्थ्यकर जीवन बिताउन तथा जीवनशैली र जीविका सुधार गर्नका लागि डिजाईन गरिएको छ | गुणस्तरीय उत्पादनहरू प्रदान गर्नुका साथै अवर्जन का ग्राहकहरूले यसको उत्पादन र सेवाहरूको प्रचारप्रसार गरेर अवर्जन द्वारा प्रस्ताव गरिएको वस्तुको प्रत्यक्ष बिक्री व्यवसायको फाइदा लिन सक्दछन् |
अवर्जन नेपालमा सन् २०२० मा स्थापना गरीएको हो।
के अवर्जन एक लगानी योजना हो?

अवर्जन एक लगानी योजना होईन | वास्तवमा, यो कुनै पनि प्रकारको योजना नभएर एक वैधानिक वस्तुको प्रत्यक्ष बिक्री गर्ने व्यवसाय हो, जहाँ सामानहरू खरीद गर्न पैसा तिरे पुग्छ | यदि तपाईं अवर्जनका उत्पादनहरूको वितरक बन्न चाहनुहुन्छ भने, तपाई हाम्रो ई-कमर्स पोर्टल www.avarjana.net
मार्फत  वितरकको रूपमा साइन अप गर्न सक्नुहुनेछ।
यदि कहीं कतै कसैले अवर्जन को व्यापार वा उत्पादनलाई गलत तवरले प्रस्तुत गरेको पाउनुभयो भने, कृपया जानकारीको लागि  [email protected].मा ईमेल पठाउनुहोस्।

के मैले पैसा कमाउनको लागि अरू व्यक्तिहरुलाई दर्ता गराउन जरूरी छ ?
तपाईंले कसैलाई दर्ता गराएर यस व्यवसायमा पैसा कमाउन सक्नुहुन्न | पिरामिड योजनाहरू मात्र मानिसहरूलाई दर्ता गर्न केन्द्रित हुन्छन् | त्यस्ता योजनाहरू दिगो हुँदैनन् र अन्ततः पतन हुन्छन् | अवर्जन को व्यवसाय एक दिगो मोडलमा आधारित छ जसले कसैलाई दर्ता गराए मार्फत पैसा कमाउन अनुमति दिदैन |

    प्रत्यक्ष बिक्री के हो?

    प्रत्यक्ष बिक्री भनेको मार्केटिंग गर्ने प्रक्रिया हो जसमा खुद्रा सामान तथा सेवाहरू उपभोक्ताहरूलाई उनीहरूको घरमा वा स्थायी खुद्रा परिसरबाट टाढाको कुनै अन्य स्थानमा प्रदान गरिन्छ | यस्तो प्रकारको बिक्री प्रायजसो बोली चाली को माध्यमबाट संचालित हुन्छ। प्रत्यक्ष बिक्री गर्ने कम्पनीहरु मार्फत बेचिने सामानहरु पृथक हुनुका साथै विशेष हुनाले सपिङ मल वा डिपार्टमेन्ट स्टोरहरुमा उपलब्ध हुँदैनन् |

    प्रत्यक्ष बिक्री गर्ने उद्योग, सम्बन्धको आधारमा गरिने मार्केटिंगमा रहेर फस्टाएको करिब १५० बर्ष भन्दा लामो इतिहास बोकेको प्रत्यक्ष बिक्री गर्ने उद्योग विशेष रुपमा सम्बन्धको आधारमा रही गरिने व्यबसाय हो। विश्वभरीबाट पार्ट-टाइम र फुल-टाइम गरी करीव १० करोड मानिसहरु यस उद्योगमा संलग्न भएका छन् |

    म अवर्जनमार्फत कसरी पैसा कमाउन सक्छु?

    अवर्जनमार्फत आय आर्जन गर्नको लागि एक मात्र तरीका भनेको सामानहरुको बिक्री हो | तपाईले हाम्रो उत्पादनहरू प्रयोग गरि तिनीहरूको लाभ लिनुभयो र उक्त उत्पादनहरु खरीद गर्न अन्य व्यक्तिहरुलाई पनि प्रोत्साहन गर्नुभयो भने, तपाईले वास्तविक बिक्रीबाट कमिसन कमाउन सक्नुहुनेछ | तपाईले कमाउने कमिसनको भुक्तानी तपाईद्वारा सिफारिस भएको व्यक्तिद्वारा गरिएको बिक्री मात्रा हेरेर अवर्जन ई-कमर्स पोर्टलमा भएको आम्दानी योजना निर्धारण गर्दछ।

    म कति समयमा अवर्जनमार्फत आय आर्जन गर्न सक्नेछु ?
    अन्य व्यवसायजस्तै प्रत्यक्ष बिक्री भनेको पनि एक प्रकारको व्यवसाय हो | यो कुनै द्रुतगतिमा धनलाभ हुने योजना होइन। यो व्यवसायमा सफल हुनको लागि तपाईले कडा परिश्रम गर्न आवश्यक छ, धैर्यवान र प्रतिबद्ध हुनुका साथै लक्ष्य उन्मुख हुनुपर्दछ | यो व्यवसायले तपाईलाई उद्यमी बन्ने अवसर दिनेछ | यसमा परम्परागत व्यवसायमा जस्तो ठूला-ठूला स्टार्ट-अप लागत र परिचालन ओभरहेडहरूको बारेमा चिन्ता लिनुपर्दैन |तपाईंको सफलता, पूर्ण रुपमा तपाई र तपाईले गर्नुहुने कडा परिश्रममा निर्भर गर्नेछ।