आपुर्तिकर्ताहरूले पालन गर्नुपर्ने आचार

संहिता र नैतिकताहरु

 

अवर्जनअन्तर्गत हामीले मुख्यतया चार मूल्यताहरूमा विश्वास गर्दछौं: नेतृत्व, दिगोपना, सेवा र निष्ठा | यी सबैले हाम्रो विश्वव्यापी व्यापार संचालनमा अभिन्न भूमिका निर्वाह गर्दछन, जसअन्तर्गत अवर्जनको संस्कृतिमा निष्ठाले विशेष महत्व प्रदान गर्दछ र हाम्रो कम्पनीलाई यस बढ्दो माग तथा जटिल संसारमा विशेष योगदान पुर्‍याउँछ | अवर्जनले निष्ठालाई प्रमुख नैतिक मापदण्डहरू अवलोकन गर्ने र सँधै सही काम गर्ने रूपमा परिभाषित गर्दछ | यस मूल्यता अन्तर्गत, हामीले सेवा गर्ने समुदायका ग्राहकहरू र वितरकहरुलाई मात्र नभई हाम्रा सहकर्मीहरू र आफैं पनि आफ्नोपनको बोध गराउछौं |

अवर्जनले आफ्नो कार्यमा यी मूल्यताहरुको समर्थन गर्दछ र यस्तै नैतिक व्यापार मापदण्ड र अभ्यासहरूका आधारमा समान योगदान पुर्याउने सम्मानित व्यवसायका साझेदारहरूसँग काम गर्न प्रतिबद्धता राख्दछ |

उल्लेखित प्रतिबद्धतालाई पूरा गर्न, आपुर्तिकर्ताको लागि यस आचार संहिता र नैतिकता (नैतिकता अर्थात “आचार संहिता” ) सिर्जना गरिएको थियो र यो कुनै पनि कम्पनी, यसको कारखाना, निर्माता, विक्रेता वा एजेन्टलाई लागू हुनेछ (विक्रेता अर्थात “आपुर्तिकर्ता” ) जसले अवर्जन, यसको सहायकहरू, सहयोगीहरू वा यसका सम्बद्ध कम्पनीहरूका लागि सामान उत्पादन गर्दछ अथवा सेवा प्रदान गर्दछ |

अवर्जनले विभिन्न कानुनी र सांस्कृतिक वातावरणमा आपुर्तिकर्ताहरुले संसारभरबाट आफ्नो काम संचालन गर्दछन् भनेर स्वीकार गर्दछ तर यो आचार संहिताले न्यूनतम अपेक्षाहरुलाई निर्धारित गर्दछ जस अन्तर्गत अवर्जन र हाम्रो विश्वव्यापी आपुर्तिकर्ताहरुले निरन्तर काम गरिरहेका हुन्छन |

 

त्यसैगरी, अवर्जनले आपुर्तिकर्ताहरुलाई यस आचार संहितामा तोकिएका आवश्यकताहरु मात्र नभई उत्तम अभ्यास र निरन्तर सुधारको लागि सधैं अघि बढ्न प्रोत्साहन गर्दछ |

 

१. कानून तथा नियमहरु:

यस विवरणमा लेखिए वा सोअनुरूप भए/नभए तापनि , आपुर्तिकर्ताहरूले आफूले संचालन गरेको व्यवसाय संग सम्बन्धित देशको सबै कानून र नियमहरूको अनिवार्य पालना गरेर मात्र आफ्नो काम संचालन गर्नुपर्दछ |

२. बाल श्रम:

आपूर्तिकर्ताहरूले (i) १५ वर्ष वा १४ वर्षभन्दा कम उमेरका कामदारहरूलाई काममा लगाउनु हुँदैन यदि स्थानीय कानूनले अन्तराष्ट्रिय श्रम संगठनका निर्देशिकाहरू अनुरूप त्यस्तो प्रावधानको अनुमति दिएको छ भने, वा (२) अनिवार्य शिक्षा पूरा गर्ने उमेर भन्दा कम, वा (३) कानून द्वारा स्थापित न्यूनतम उमेर भन्दा कमका मजदुरहरूलाई रोजगारीमा लिनु हुँदैन | थप रूपमा, आपुर्तिकर्ताहरूले अधिकृत युवा कामदारहरूको लागि विशेष गरी उनीहरूले काम गर्नुपर्ने घण्टा, ज्याला र कामको सर्तहरूको सम्बन्धमा सबै कानुनी आवश्यकताहरूको पालना गर्नुपर्दछ |

३. जबरजस्ती गराउने श्रम:

आपुर्तिकर्ताहरूले जेलमा परेको, बन्धनमा परेको या मन्जुरिपत्र वा अन्यथामा परेको व्यक्तिमाथि जबरजस्ती श्रम प्रयोग गर्न मिल्दैन र उक्त व्यक्ति मानव तस्करी जस्ता क्रियाकलापहरुमा संलग्न नभएको हुनुपर्दछ| जबरजस्ती रुपमा ओभरटाइम गर्न पनि निषेध गरीएको छ |

४. रोजगारी र कामको सर्तहरु:

आपुर्तिकर्ताहरूले ज्याला र सुविधासम्बन्धी कम्तिमा पनि स्थानीय कानूनी मापदण्डहरूको पालना गर्नुपर्दछ | यदि उद्योगको मापदण्ड उच्च छ भने अवर्जनले यी मापदण्डहरू पूरा गर्नुपर्ने प्रक्रियामा जोड दिनेछ | आपुर्तिकर्ताहरूले कम ज्याला तिर्न र थोरै सुविधाहरू प्रदान गर्ने लोभमा पार्ट-टाइम, छोटो अवधि वा सिजनल कामदारहरूको प्रयोग पर्न पाउने छैन र सबै कामदारहरूलाई लिखित, बुझ्न सकिने र कानूनी रूपले बाधिँएको श्रम सम्झौता दिनुपर्नेछ | आपुर्तिकर्ताहरूले एक हप्तामा ४८ घण्टा सम्म काम सीमित हुने र कामदारहरूलाई हप्तामा कम्तिमा एक दिन छुट्टी दिने भनेर सुनिश्चित गराउनु पर्दछ | ओभरटाइम स्वैच्छिक, अनियमित हुनेछ र प्रति हप्ता १२ घण्टा भन्दा बढी हुने छैन | मजदुरहरुलाई काम गर्ने क्रममा र आफ्नो पालो बीचको अवधिमा पर्याप्त विश्राम दिइनेछ | आपुर्तिकर्ताहरूले सबै कामदारहरुलाई मर्यादा र सम्मानका साथ व्यवहार गर्नुपर्नेछ र कुनै पनि व्यवस्थापक वा सहकर्मीहरु द्वारा यँहाको कामदारहरुलाई कार्यस्थलमा हुने शारीरिक, मौखिक, यौन वा मनोवैज्ञानिक उत्पीडन, दुर्व्यवहार वा धम्कीबाट जोगाउनु पर्दछ। |

 ५. वातावरण तथा सुरक्षासंग सम्बन्धित मुद्दाहरू:

अवर्जनले वातावरण प्रति कुनै पनि प्रकारको असर नपुर्याइकन आफ्नो व्यापार संचालन गर्ने कुरामा प्रतिबद्धता राख्दछ | अवर्जनले आफ्नो गतिविधि, उत्पादन र सेवाहरुको प्रतिकुल वातावरणीय प्रभावहरुलाई कम गर्नको लागी कदम चाल्दछ साथै आफ्नो आपुर्तिकर्ताहरु सँग पनि यही अपेक्षा गर्दछ | हरेक आपुर्तिकर्तासँग सकारात्मक दृष्टिकोण हुन आवश्यक साथै आफू द्वारा भएको वातावरणीय प्रभावहरूको व्यवस्थापनको जिम्मेवारी आफैंले लिन पर्दछ र सबै वातावरणीय नियम र कानूनको पालना अनिवार्य रुपले गर्नुपर्नेछ| आपुर्तिकर्तासँग आफ्नो कार्य संचालनको आकार र प्रकृति अनुकूल लिखित वातावरणीय नीति हुनुपर्दछ जसले पूर्ण रूपमा CO2 को उत्सर्जन, फोहोर, उर्जा, काठ र कागज व्यवस्थापनलाई सम्बोधन गर्दछ | आपुर्तिकर्ताहरूले स्वास्थ्य सम्बन्धि आपतकालिन अवस्था र औद्योगिक दुर्घटनाहरू बाट जोगिनको लागि आपतकालिन प्रक्रियाहरूको स्थापना गर्नुपर्दछ किनकि यस्तो दुर्घटनाहरूले वरपरका समुदायहरु वा वातावरणमा प्रतिकुल प्रभाव पार्न सक्दछ | आपुर्तिकर्ताहरुले आफ्नो समग्र वातावरणीय अवस्थाको निरन्तर सुधार भएको देखाउन पर्दछ |

६. कम्पनीका उत्पादनहरू:

हामीले उत्पादनहरू बनाउँदा, वातावरणलाई हानी नगर्ने जस्ता प्राकृतिक र नवीकरणीय सामग्रीहरूको प्रयोग गर्न कोशिस गरीरहेका हुन्छौं जुन हाम्रो वातावरणीय नीतिका अनुरूप छन् | आपुर्तिकर्ताहरुले उत्पादनहरुको योजना बनाउँदा, निर्माण गर्दा र परीक्षण गर्दा उचित परिश्रमको अभ्यास गर्नेछन् | यो सबै उत्पादनमा हुने त्रुटि रोकथाम तथा सुरक्षाको निम्ति हो जसले जीवन, स्वास्थ्य वा व्यक्तिको सुरक्षामा उत्पादनहरुबाट हुने सम्भावित असर वा वातावरणमा प्रतिकुल प्रभाव पार्न सक्दछ |

७. निष्ठा र भ्रष्टाचार विरोधी:

आपुर्तिकर्ताहरुले ईमानदारी र निष्ठाका साथ व्यापार गर्नुपर्दछ र व्यापार नैतिकताको उच्च प्रदर्शन गर्नुपर्दछ | आपुर्तिकर्ताहरूले सरकारी आधिकारिकहरूसँग (जसमा कुनै पनि स्तरका सरकारी कर्मचारी वा अधिकारीहरू, सरकारी-नियन्त्रित वा स्वामित्व प्राप्त संस्थानहरूका कर्मचारीहरू वा अधिकारीहरू, सार्वजनिक अन्तर्राष्ट्रिय संगठनहरूका कर्मचारीहरू वा अफिसरहरू र राजनीतिक अधिकारीहरू वा उम्मेद्वारहरू वा त्यस्तो व्यक्तिको तर्फबाट काम गर्ने व्यक्तिहरु) राजनैतिक दल वा निजी क्षेत्रका व्यक्तिहरूसँग घूस, भ्रष्टाचार वा अन्य अनैतिक वा गैरकानूनी क्रियाकलाप जस्ता अभ्यासमा संलग्न हुनुहुँदैन | यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भुक्तानी गर्ने, दिने, प्रस्ताव गर्ने, वचन दिने वा अनुचित फाइदा लिनको लागि पैसा दिने वा कसैलाई मूल्यवान चीज दिने जस्ता कार्यहरु पनि समावेश हुन्छ | यसमा आपुर्तिकर्ता र अवर्जन वा यसका सहायक, सहयोगी, यो सँग सम्बद्ध वा कुनै पनि अन्य कम्पनी वा व्यक्ति बीचको व्यवस्था वा कुनै अनैतिक व्यापार गतिविधि पनि समावेश हुन्छन |

८. उपहार, खाना, मनोरन्जन र अन्य व्यापारिक शिष्टाचारहरु:

यदि उचित, तथा सान्दर्भिक भएमा साथै स्थानीय कानून, चलन र अभ्याससँग अनुरूप अवर्जनका कर्मचारीहरूले उपहार, खाना, मनोरन्जन र अन्य व्यापारिक कर्टेसि हरु आपुर्तिकर्तासँग साटासाट गर्न सक्दछन् | केहि उदाहरणहरुमा, अवर्जनका कर्मचारीहरुलाई यस्तो व्यापारिक शिष्टाचारका मूल्यताहरु प्रदान गर्दा वा प्राप्त गर्दा आर्थिक सीमितताहरु भने लागू हुन सक्दछ | सबै अवस्थाहरूमा अवर्जनका कर्मचारीहरूले यस्तो शिष्टाचारको प्रस्ताव दिन र स्वीकृति लिन हुँदैन जसले कुनै परिस्थितिमा निर्णय लिने अवस्थामा प्रभाव पार्न सक्दछ | अवर्जनका कर्मचारीहरूले कहिल्यै पनि नगद दिनु वा लिनु हुँदैन | आपुर्तिकर्ताहरूले यस्ता प्रतिबन्धहरूलाई ख्याल राख्नुपर्दछ |

९. स्वार्थ बाँझिने अवस्था (कन्फ्लिक्ट अफ इन्टरेस्ट):

अवर्जनको कर्मचारीहरूले अवर्जनको व्यापार संचालन गर्दा अवर्जनको उत्तम हितमा लागेर काम गर्नुपर्दछ | उनीहरूले अवर्जनको उत्तम हितमा कार्य गर्ने दायित्वको सिलसिलामा आपुर्तिकर्ता सँग कुनै वित्तीय वा अन्य सम्बन्ध राख्नु हुँदैन जसले गर्दा आपुर्तिकर्ता सँग विवादास्पद सम्बन्ध हुन सक्छ वा विवादास्पद देखिन्छ | आपुर्तिकर्ताले अवर्जनको कुनै पनि कर्मचारी संग कुनै पनि किसिमको वित्तीय सम्बन्ध राख्नु हुँदैन जो सँग आपुर्तिकर्ताले अवर्जन सँग संलग्नता भएको कारणले अन्तरक्रिया गर्न सक्छन् | आपुर्तिकर्ताहरूले अवर्जनको कर्मचारी संग व्यक्तिगत सम्बन्ध राख्दा, त्यस सम्बन्धले अवर्जनको कर्मचारीको व्यापारिक निर्णयलाई प्रभावित पार्नु हुँदैन भन्ने कुरा ध्यानमा राख्नुपर्दछ | यदि आपुर्तिकर्ताको अवर्जनको कर्मचारी सँग पारिवारिक वा अन्य सम्बन्ध रहेमा आपुर्तिकर्ताहरूले यस तथ्यलाई अवर्जनमा खुलासा गर्नुपर्नेछ जसले गर्दा स्वार्थ बाँझिने अवस्था उतपन्न हुन सक्छ, वा अवर्जनको कर्मचारीले गर्नुपर्ने कार्यकलाप को सुनिश्चितता हुनुपर्देछ।

१०. व्यवसायिक रेकर्डहरूको पारदर्शिता/शुद्धता:

आपुर्तिकर्ताहरुले ईमान्दारीपूर्वक सूचना रेकर्ड र रिपोर्ट गर्नुपर्दछ र रेकर्ड लुकाउने, रेकर्ड गर्न असफल हुने वा गलत पोस्टहरु बनाउने जस्ता कार्यहरु गर्नुहुँदैन | सबै पुस्तकहरू, रेकर्डहरू र खाताहरूमा सही रुपमा लेनदेन तथा भुक्तानी भएको हुनुपर्दछ र सामान्यतया स्वीकृत लेखाको सिद्धान्तहरू, राम्रो आन्तरिक नियन्त्रणहरू र सबै लागू कानून र नियमहरू अनुरूप चल्नु पर्दछ |

११. सम्पत्ति र जानकारी:

आपुर्तिकर्ताहरूले अवर्जनको सम्पत्ति र जानकारीको रक्षा गर्नुपर्दछ | आपुर्तिकर्ताहरुलाई अवर्जन को मूर्त वा अमूर्त सम्पत्ती को पहुँच दिइएको छ, उनीहरुले त्यसको उपयोग अवर्जन द्वारा प्रदान गरिएको अनुमति को दायरा भित्र बसेर र अवर्जन संग सम्बन्धित उद्देश्य को उपयोग भएमा मात्र गर्नुपर्दछ | आपुर्तिकर्ताहरुलाई अवर्जनको गोप्य जानकारी को लागी पहुँच समेत दिइएको हुन्छ , सो जानकारी अवर्जन द्वारा अनुमति नदिइएसम्म कसैसंग सेयर गर्नुहुदैन | यदि आपुर्तिकर्ताहरूलाई त्रुटिपूर्ण रूपमा अवर्जनको गोप्य जानकारीको पहुँच दिइएको नहासुश भएमा आपुर्तिकर्ताहरूले तुरून्त अवर्जनमा सम्पर्क राखेर सूचित गराउनु पर्दछ र जानकारीलाई यथावत राख्नुपर्दछ | यदि आपुर्तिकर्ताहरु कुनै अन्य व्यक्ति वा संगठनसँग ठेक्का वा कानूनी दायित्व मार्फत जानकारी गोप्य राख्न बाध्य छन् भने आपुर्तिकर्ताहरुले अवर्जनको साथ कुनै पनि सम्बन्धित जानकारीको सेयर गर्नु हुँदैन |

१२. आवाज उठाउने:

आपुर्तिकर्ताहरुले यदि अवर्जनको कुनै कर्मचारी वा अवर्जनको तर्फबाट आएका कुनै व्यक्तिले, अवैध वा अनुचित आचरणमा संलग्न रहेको देखेमा, अवर्जनलाई रिपोर्ट गर्नुपर्दछ | आपुर्तिकर्ताहरूले त्यसबारेमा कर्मचारीको प्रबन्धक वा [email protected] मा सम्पर्क गर्न सक्दछन् | आपुर्तिकर्ताको अवर्जनसँगको सम्बन्धमा सम्भावित कुप्रभाव सम्बन्धि एक ईमानदार रिपोर्टले कुनै पनि असर गर्ने छैन |