Disclaimer

ख्याल राख्नुहोस;

यदी तपाईले यो वेबसाइटको प्रयोग गर्नुहुन्छ भने यहाँ उल्लेखित चेतावनीका सर्तहरू पालना गरेको मानिनेछ।

यहाँ उल्लेखित जानकारी शत प्रतिशत सहि नहुन पनि सक्छ

यस वेबसाइटमा उपलब्ध गराइएको जानकारी ‘जस्तो छ’, ‘जसरी उपलब्ध छ’ जुन आधारमा छ त्यो केवल सामान्य, सूचक प्रयोजनको लागि मात्र हो | यस वेबसाइटमा समावेश भएको जानकारीको विश्वसनीयता सुनिश्चित गर्ने हरेक प्रयास गरिए तापनि यँहा उल्लेखित जानकारीको शुद्धता र पर्याप्ततालाई वारन्टीको रुपमा बयान गर्न मिल्ने छैन |

हामीले भविष्यको आय वा आर्जनको कुनै ग्यारेन्टी वा वारेन्टीलाई पूर्ण रूपमा अस्वीकार गर्दछौं | कुनै पनि प्रकारको कमाई वा सम्भावित कमाई सम्बन्धी दावीलाई एक विचारको रूपमा मान्नुपर्दछ र जबसम्म तपाईंले यसको प्रक्रियालाई स्पष्ट रुपमा प्रमाणित गर्नुहुन्न, तपाईं यसमा निर्भर पर्नु हुँदैन | त्यस्ता दावीहरूमा तपाईंको निर्भरताबाट उत्पन्न हुने कुनै पनि नोक्सान वा क्षतिको लागि हामीले कुनै दायित्व वा जिम्मेवारी स्वीकार गर्दैनौं र हामी त्यसको लागि उत्तरदायी पनि हुने छैनौं |

तेस्रो पक्षको वेबसाइटको लागि लिंक

तेस्रो पक्षको वेबसाइटहरुको लागि लिंकहरू यस वेबसाइटमार्फत प्रदान गर्न सकिन्छ | त्यस्ता लिंकहरू प्रदान वा प्रदान गर्न सहयोग गर्नुको उद्धेश्य केवल प्रयोगकर्ताहरूको सहजताको लागि मात्र हो | त्यस्तो बाह्य साइटहरूको सामग्रीसँग हाम्रो सहमति रहेको वा कुनै असहमति नभएको बारे यसले प्रतिनिधित्व गर्दैन | त्यस्तो बाह्य वेबसाइटहरूको सामग्रीको लागि हामीले कुनै दायित्व वा जिम्मेवारी लिने छैनौं र त्यस्तो बाह्य साइटहरूको कुनै पनि प्रयोग, दुरुपयोग वा निर्भरताको सम्बन्धमा उत्पन्न हुने कुनै नोक्सान वा क्षतिको लागि जिम्मेवार हुनेछैनौं र कुनै जिम्मेवारी स्वीकार गर्दैनौं | यस साइटमा कुनै पनि समयमा पूर्वसूचनाबिना कुनै पनि जानकारी मेटाउने वा सम्पादन गर्ने सम्पूर्ण अधिकार हामीमा संरक्षित रहनेछ।

बजारमा हुने प्रतिबन्धहरू

अवर्जनको साइट विश्वव्यापी रूपमा पहुँचयोग्य भएपनि यसको उपस्थिति नेपालमा मात्रै छ | त्यस्तै, यसमार्फत प्रदान गरिएको जानकारी र यस वेबसाइट मार्फत प्राप्त उत्पादनहरू वा सेवाहरू नेपाल बाहेक अन्य ठाउमा प्रतिबन्धित छन् र केवल नेपालमा भएका व्यक्तिहरुले मात्र प्रयोग गर्न सक्नेछन् | यदि तपाईंले हाम्रो बजारको उपस्थिति नभएको कुनै देशमा व्यवसाय सञ्चालन गर्न वा साइट पहुँच गर्न छनौट गर्नुभयो भने, त्यसबाट हुने जोखिमको जिम्मा तपाई आफैले लिनुपर्नेछ | तपाईंको अधीनमा रहेका सबै क्रियाकलापहरुको लागि स्थानीय कानून वा नियमहरुको अवलोकन गर्न, छानबिन गर्न र निरीक्षण गर्न तपाईंको एकल उत्तरदायित्व हुनेछ |